आइतबार, वैशाख २८, २०८२

विकास गाउँमा बसाइँ भने सहरमा

नेपालखोज २०८० मंसिर २२ गते १४:२०

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । सामान्य हिँडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि परदेश हुन थालेकोे छ । दिनभरि घरमा एक्लै बस्दा दिन काट्न मुस्किल हुने गरेको र दुःख, सुखका कुरा गर्ने छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेकाले सुमित्राले एक्लो महसुस गर्नुभएका हो । अब गाउँमा मान्छे नै नहुने हो की भन्ने चिन्ता उनलाई छ ।

अहिले दिनप्रति दिन गाउँ छोड्नेको सख्या बढ्दो छ आफू सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँबाट बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीयवासी दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँका टोल–टोलमा विकास पुगे पनि मान्छे भने छैनन् ।

गाउँका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन झाडीले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो रहेका गाउँ अहिले बसाइँसराइका कारण चहलपहल हुनै छोडेको छ । पहिले गाउँमा बिजुली, पानी बाटोघाटोको सुविधा थिएन । अहिले घरघरमा पानीका धारा छन् आँगनीको बाटो कालोपत्रे गरेर चिल्लो भएका छन् । गाउँमा अहिले विकासले गति लिँदै गएको छ तर उपभोग गर्ने स्थानीय बासिन्दा भने थप सेवा सुविधा खोज्दै गाउँ छोडेर सहर पसेका छन् ।

गाउँमा एकै परिवारले प्रसस्त गाईबस्तु पाले खेती किसानी गर्ने गर्थे । आवश्यक सामान लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटेको छ । तीन पाङ्ग्रे अटोरिक्सा गाउँका घरघरमा पुग्ने गरेपनि स्थानीयवासी महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको सुमित्रा बताइन् ।

उनले भनिन्, ‘हाम्रा पालामा अहिलेको जस्तो खानेपानी, विद्युत् र यातायातको सहज पहुँच नभए पनि गाउँमा मान्छेको बसाइ बाक्लो थियो । अहिले सुविधा भएर पनि बसाइसराइ गर्नेक्रम बढेको छ ।’

स्था

प्रतिक्रिया