नेपाल सुपर लिग : इलाम र धनगढीले अंक बाँडे
नेपालखोज
२०८० मंसिर २३ गते १५:५०

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ । स्पोर्टिङ इलामले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिएको हाे ।
शनिबारको पहिलो खेलमा इलमा धनगढीसँग दुई/दुई गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाँदै अंक बाँडेको हो ।
पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यस्तै, आजै हुने अर्को खेलमा काठमाडाैं रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् ।
यो खेल बेलुका ५ बजे हुनेछ । काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।
सम्बन्धित
प्रतिक्रिया