शनिबार, वैशाख २२, २०८१

तेस्रो सर्किट ब्रेक, छ प्रतिशत बढेपछि पहिलो दिनको शेयर कारोबार बन्द

नेपालखोज २०८० मंसिर २४ गते १५:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्यो । समिक्षा मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत गरेको छ । यही व्यवस्थाको प्रभाव साताको पहिलो कारोबार दिन आज आईतबारको सेयर बजारमा देखिएको छ ।

कारोबार खुल्ला भएको पहिलो डेड घण्टामा नैं नेप्से छ प्रतिशतले बढेपछि आज दिनभरीको लागि शेयर कारोबार बन्द भएको छ । कारोबार खुले देखि नैं लगातार बढ्न थालेको नेप्से कारोबार खुलेको डेड घण्टामा छ प्रतिशत अर्थात एक सय ११ दशमलव २० अंकले बढेर १९ सय ६३ दशमलव ९७ अंकमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव नौं प्रतिशत अर्थात २१ दशमलव ४६ प्रतिशतले बढेर तीन सय ७३ दशमलव ७५ अंकमा पुगेको छ ।

कारोबार खुलेको पहिलो एक घण्टामा नेप्से चार प्रतिशतले बढेमा २० मिनेटको लागि, दुई घण्टामा पाँच प्रतिशतले बढे ४० मिनेटेको लागि र छ प्रतिशतले बढे त्यो दिन पुरैको लागि कारोबार बन्द हुने व्यवस्था रहेको छ । आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो नौं मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ ।

सोही आधारमा कारोबार खुलेको डेड घण्टाको समयमा नैं आज आज नेप्से बन्द भएको छ । सो अनुसार नेप्सेमा आज दुई सय ४४ वटा कम्पनीहरुको ७० हजार १४ पटकको कारोबारमा १३ लाख ६७ हजार छ सय १५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४८ करोड २८ लाख ८२ हजार दुई सय ३९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक ६४ दशमलव ८० अंकले बढेर १२ सय पाँच दशमलव २२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक दुई सय ३८ दशमलव ७१ अंकले बढेर तीन हजार आठ सय ६० दशमलव १४ अंकमा चढेको छ ।

फाईनान्स समुहको सुचक एक सय सात दशमलव ३० अंकले बढेर १७ सय ३४ दशमलव २१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक एक सय ६९ दशमलव ४० अंकले बढेर २१ सय ३१ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पाँच सय ५३ दशमलव ३५ अंकले बढेर १० हजार नौ सय ८६ दशमलव ३७ अंकमा पुगेको भने निर्जीवन बीमा समुहको सुचक पाँच सय २७ दशमलव ५४ अंकले बढेर १० हजार छ सय १५ दशमलव ९५ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः तीन सय ३७ दशमलव १९, चार दशमलव ३१, दुई सय २६ दशमलव ४०, एक सय ८४ दशमलव १७, शुन्य दशमलव शुन्य तीन, ६३ दशमलव शुन्य चार र एक सय ५७ दशमलव ६३ अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रिलायन्स फाईनान्स, जोशी हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य बढेका छन् भने एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड २, उपकार लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रतिक्रिया