मंगलबार, फागुन १५, २०८०

चार महिनाको कुल खर्च दुई खर्ब ८७ अर्ब

कुल राजस्व परिचालन तीन खर्ब ३४ अर्ब ३१ करोड

नेपालखोज २०७८ पुष ३ गते १६:२७

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा दुई खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रकको कार्यालयलाई उदृत ग सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी प्रतिवेदनअनुसार चालुु आर्थिक बर्षको चार महिनाको अवधिमा चालु खर्च दुई खर्ब ३३ अर्ब ५१ करोड, पूँजीगत खर्च २० अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ३३ अर्ब २४ करोड रुपैयाँ समेत गरी कुल दुई खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चार महिनामा सरकारको कर राजस्व तीन खर्ब पाँच अर्ब ४० करोड र गैर कर राजस्व २८ अर्ब ९१ करोड गरी कुल राजस्व तीन खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत रहेको राष्ट्र बैंकको भनाई छ ।

यसैगरी चालु आवको चार महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति ४२ अर्ब ८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी २६ अर्ब दुई करोड हस्तान्तरण गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १६ अर्ब छ करोड परिचालन गरेका छन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च १९ अर्ब ६५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया