सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित
नेपालखोज
२०८० मंसिर २४ गते १५:४२

काठमाडाैं । पटक पटक स्थगित हुँदै आएको क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
उक्त मुद्दा आज काठमाडाैं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो । तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित नभएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ ।
यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो । दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया