सोमबार, असार १६, २०८२

अमरेशको अभिव्यक्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति, कानूनी उपचार खोजिने

नेपालखोज २०८० मंसिर २४ गते १९:३४

काठमाडौं । एनसेल प्रकरणमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,

मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ। उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ।

‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु,’ अमरेशले सामाजिक सन्जालमा लेखेका थिए ।

प्रतिक्रिया