सोमबार, वैशाख १५, २०८२

नेपाल सुपर लिग : पोखरा र काठमाडौं भिड्दै

नेपालखोज २०८० मंसिर २५ गते ७:३८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ ।

काठमाडौंले भने चार खेलबाट पाँच अंक जोडेको छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया