भक्तपुरको ल्होँ देगः (वत्सला मन्दिर)

कीर्तिपुरको ल्होँ देँग को दयनिय तस्विर राख्दा केही कीर्तिपुरका स्थानियले केही बिरोधाभास पूर्ण प्रतिक्रिया लेखेको भेटे । वास्तवमा मैले कसैलाई होच्याउन भन्दा पनि बिगतमा भएका हाम्रा गल्ती फेरी नदोहोर्याउन भनेर सचेत गराउन पनि लेख्ने गरेको हुँ । आज युवा पिँढी जति संस्कृति र सम्पदा प्रति माया गर्ने छन् । हामी भन्दा अगाडिको पुस्तामा त्यति गहिरो सम्भाव थिएन ।
यो भक्तपुरको तस्विर हो । समय उहि नै हो र फो nग्राफर पनि उनै हुन् । अझ तेश्रो संयोग यो मन्दिरको स्थानिय नाम पनि ल्होँ देँग नै हो । यसलाई पनि भक्तपुरमा ल्होँ देँग नै भनिन्छ । तर बास्तवमा यसको नाम नृत्यवत्सला मन्दिर हो । सहज रुपमा भने वत्सला मात्र भन्ने गरिन्छ ।
वि.सं. १७३५ मा भक्तपुरका राजा जितामित्र मल्लले भक्तपुरमा शिखर शैलीका मन्दिरहरु बनाउन लगाएका थिए । उनको समयमा बनाइएका यन्त्रवत्सला, सिद्धीलक्ष्मी वत्सला र नृत्यवत्सलाका तीन मन्दिरहरु पनि निकै प्रख्यात थियो । यसको साथै भक्तपुरमा रहेको पशुपतिनाथको मन्दिर पनि उनैले बनाउन लगाएका हुन् ।
नृत्यवत्सलाको ढुङ्गै ढ्ङ्गाले बनेको मन्दिर पाटनको कृष्ण मन्दिरलाई देखेर उस्तै बनाउन खोजेको भनिन्छ । शुरुमा ९ वटा गजुर राखेर बनाइएको यो मन्दिर पछि उनका छोरा राजा भुपतिन्द्र मल्लले केही सुधारहरु गरे । साथै यसै मन्दिरको छेवैमा ठूलो घण्टा पनि बनाए । जसलाई भक्तपुरका स्थानियले ‘खिचाँ ख्वो गँ’ भन्ने गर्दछन् । पहिले पहिले यो घण्टा बजाँउदा कुकुर रुने गर्दथ्यो भनेर नेवारीमा कुकुर रुने घण्टा भनेर नामै राखिदिएको भनिन्छ ।
समय काल बदलिरहन्छ मल्ल पछि देशमा शाहहरुको राज्य भयो । परम्परा यथावत नै रहे । पञ्चायतकालको समयमा केही जनता र सरकार बिच सुसम्बन्ध रहेन । पहिले गुठीको कारण मन्दिरको संरक्षण तथा पूजा सबै जनसहयोगबाट र गुठीबाट नै हुने गर्दथ्यो तर पञ्चायती शासनको शुरुवात संगै २०१८ सालमा गुठी तहसिल र गुठी अड्डाको गठन भयो ।
२०१९ सालमा गुठी संस्थानको जन्म भयो । अब गुठीको आम्दानी र खर्च सरकारी निकायले गर्न थाले । जनताको मठ मन्दिर प्रतिको रुचि बिस्तारै कम भयो । जसले गर्दा मन्दिरहरु रुग्ण हालतमा पुग्न थाले ।
यहाँ तस्विरमा देखिएको मन्दिरमा पनि त्यहि सरकारी नीति र जनताको बेवास्ताको शिकार भएको स्पष्ट बुझ्न सकिन्छ । नृत्यवत्सलाको मन्दिर वि.सं. १८९१ र १९९० सालको भूकम्पमा भत्किए पछि उस्तै स्वरुपमा पूनर्निर्माण गरिएको थियो । भक्तपुरमा भक्तपुर बिकास परियोजनाको आगमन संगै धेरै परिवर्तन देख्न पाइयो ।
२०७२ बैशाख १२ को महाभूकम्पले नृत्यवत्सलाको मन्दिर तेश्रो पटक फेरी पुरै भत्काइदियो । मन्दिरको भित्रि भाग कमजोर भएर पनि शायद भूकम्पको कम्पन झेल्न कठिन भयो यो मन्दिरलाई । हाल यो मन्दिर पूननिर्माण भइसकेको छ । यो मात्र होइन अहिले भक्तपुरका कैयौ सम्पदाहरु संरक्षण हुँदै आइरहेको छ ।
प्रतिक्रिया