संसद सचिवालयको महासचिवमा पदम पाण्डेको नाम सिफारिस

काठमाडौं । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रतिनिधिसभाका सचिव पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
हिजोका मितिमा महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै महासचिवका लागि नयाँ महासचिवका लागि प्रतिनिधिसभा सचिव पदम प्रसाद पाण्डेको नाम सिफारिस भएको सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रशासनसँग बताए ।
आगामी भदौमा कार्यकाल सकिँदै गरेका हालका महासचिव डा.गौतमको राजीनामासँगै पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएकोसमेत स्रोतले जनाएको छ ।
प्रतिक्रिया