बिहीबार, पुष ३, २०८२

इजरायली विशेष हेलिकप्टरले गर्‍यो गाजाबाट ६ सयभन्दा बढी घाइतेको उद्धार

नेपालखोज २०८० मंसिर २५ गते १३:३७

इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ सुरु भएदेखि करिब ६ सय घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३ सय उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।

आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ । सेनाको चिकित्सकसहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् ।

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको छ ।

प्रतिक्रिया