सोमबार, वैशाख २४, २०८१

आधुनिक धर्म गुरु उर्फ ओशो !

सुनील सापकोटा २०८० मंसिर २५ गते २०:३०

आज विश्व विख्यात आधुनिक धर्म गुरु एवं दार्शनिक रजनिश उर्फ ओशोको जन्म दिन रहेछ । ओशोको सम्बन्धमा लेखिएका हजारौं लेख वा पुस्तकहरु छन् । मैले उनको केही प्रवचन र साना पुस्तकहरु मात्र पढेको हुँदा उनको बारेमा मैले लेख्नु भनेको एउटा धृष्टता मात्र होला। मेरो बिचारमा ओशो भगवान होइनन् । उनी धार्मिक रुपमा जैन धर्मा वलम्बी हुन। तर पछी उनको आचार , व्यवहार , प्रचार , प्रसार हेर्दा उनले बुद्धलाई बढी स्विकार गरेको देखिन्छ ।

म यिनलाई एउटा शिक्षित विवेकशिल , तार्किक र दार्शनिकको रुपमा मात्र हेर्छु । उनको तर्क मलाई गजवको लाग्छ। उनले हरेक बिषयहरुमा बोलेका छन् । प्रायस् सबै धर्मको ब्याख्या र आलोचना गरेका छन् । त्यसैले कट्टर हिन्दू , मुसलमान र क्रिश्चियनहरुले उनलाई मन पराउँदैनन् । उनको पहिलो नाम चन्द्रमोहन जैन हो । तर पछी आचार्य र भगवान् रजनिश हुँदै पछी ओशोको नाउँले यिनी बिश्व प्रख्यात भए ।

ओशोको तर्क र भाषाशैली अद्वितीय थियो। हरेक धार्मिक पाखण्डवाद माथी उनको प्रहार सदा स्मरणीय हुनेछ। मलाई लाग्छ उनी जस्तो दार्शनिक शदियौं पछि मात्र यो धर्तिमा जन्म लेलान् ।उनको बिचार लाई मन नपराउनेले स्विकार नगर्नु बेग्लै कुरा होला। तर नकार्नु चाहिँ गार्‍हो पर्छ । यिनको कतिपय बिचारहरु संग सहमत नभएकाहरु लाई पनि यिनको कुरा सुन्दा र पढ्दा एकपटक हल्लाइ दिन्छ। ओशोलाई सुन्दा मलाई आनन्द लाग्छ । यिनको जन्म भारतको मध्यपुर प्रदेशको जवल पुरमा सन् १९३१को ११ डिसेम्वर भएको थियो भने र मृत्यु सन् १९ जनवरी १९८० मा ५९ बर्षको उमेरमा भारतको पुनामा भएको थियो ।

यिनी जसलाई पनि आलोचना गर्ने र कट्टर हिन्दु धर्मावलम्बीहरु माथी अझ बढी आक्रमक भएकाले भारतमा यिनी एक्लो परे। त्यो बेलाको जमानामा यिनले स्वतन्त्र यौन ९ ँचभभ कभह ० को प्रवचन गरे। अनि ू संभोग से समाधि तक ू भन्ने पुस्तक लेखेपछि उनको भारतमा ब्यापक आलोचना भयो। कट्टर हिन्दु धर्मावलम्बीहरु तथा सन्त, महन्त पण्डित र पूजारीहरु यिनको शत्रु भए। त्यसैले यिनि अमेरिकाको ओरेगमा बसो बास गर्न गए ।

तर पछी अमेरिकी सरकारको आलोचना गर्नाकै कारण उनलाई तत्कालीन अमेरिकि सरकारले थुनामा राख्यो र देश निकाला गरेको गर्‍यो । अमेरिका बाट फर्के पछी यिनि नेपाल आएका थिए। त्यसबेला उनी नेपालमा बस्न चाहान्थे। तर भारत सरकारको दबाबमा परेर नेपाल सरकारले पनि यहाँ बस्ने अनुमती नदिएको कारणले उनी भारत नै फर्के। त्यो बेला उनलाई कुनै देशले पनि शरण दिन मानेनन् भनिन्छ ।

हिजोआज उनी एक ब्यक्ती मात्र नभएर बिचार भएका छन। उनको बारेमा लेख्ने कुराहरु धेरै छन। लेख्न लागियो भने लामो हुन्छ । आज ११ डिसम्वर उनको जन्म जयन्ती रहेछ । त्यसैले मैले उनलाई सम्झेर उनको स्मरण गरेको हुँ ।

प्रतिक्रिया