नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार
नेपालखोज
२०८० मंसिर २६ गते १५:४०

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो । नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार
योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५.४४ अंकमा उक्लेको हो । गत आइतबार १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घटेर बन्द भयो । तर, मंगलबार सुरुदेखि नै बजारले सुधारको बाटो समातेको थियो ।
कारोबार अवधिमा सामान्य उतारचढाव भएपनि अन्तत : नेप्से करिब ३७ अंकले बढेको छ । मंगलबारको कारोबारमा केही टिकाउ देखिएको जानकारहरुले बताएका छन् ।
नेप्से बढेसँगै उक्त दिन ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो, २४ वटाको घट्यो र ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सम्बन्धित
प्रतिक्रिया