नेपाल सुपर लिग : वीरगन्ज र इलाम खेल्दै
नेपालखोज
२०८० मंसिर २७ गते ७:४५

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । ५ खेलमा तीनमा हार एकमा जित तथा एकमा बराबरी खेलेको इलाम तालिकाको आठौं स्थानमा छ । यस्तै, वीरगन्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ ।
प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया