नेपाल सुपर लिगमा इलामलाई हराउँदै वीरगन्जकाे पहिलाे जित

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)मा अंक तालिकाकाे पुछारमा रहेको वीरगन्ज युनाइटेटले पहिलाे जित निकालेकाे छ । स्पोर्टिङ इलामलाई हराउँदै एनएसएलको अंक तालिकामा पुछारमा रहेको वीरगन्ज आठौं स्थानमा उक्लिएको हाे ।
बुधबार त्रिपुरेश्वरकाे दशरथ रंगशालामा भएकाे खेलमा वीरगन्जले स्पाेर्टिङ इलाम एफसीलाई २–१ गाेलले हरायाे । इन्ज्युरी समयमा गरेको पेनाल्टी गोलमा वीरगन्ज विजयी भएकाे हाे ।
जितपछि ५ खेलबाट ५ अंक जोड्दै वीरगञ्ज आठौं स्थानमा उक्लेको छ । चितवन एफसीको समान ५ अंक भए पनि वीरगञ्ज हेड टु हेडमा पछि परेको हो । हारपछि ६ खेलबाट ४ अंक रहेको इलाम अन्तिम स्थानमा झरेको छ ।
प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया