नेपाल सुपर लिग : चितवन र धनगढी खेल्दै
नेपालखोज
२०८० मंसिर २८ गते ७:५०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।
यस ससिजन अपराजित दुई मध्ये एक धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया