सोमबार, वैशाख १५, २०८२

नेपाल सुपर लिग : ललितपुर र झापाले अंक बाँडे 

नेपालखोज २०८० मंसिर २९ गते १९:५१

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र झापा एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक/एक अंक लिएका हुन् ।

बराबरी पछि ललितपुरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने झापाले तेस्रो स्थानमा मौका गुमाउन पुग्यो । ललितपुर १० अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत रहँदा झापा भने ७ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया