विश्वशान्ति धामको निर्माण कार्य आजबाट फेरि सुरु हुँदै

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । मंसिर ३० गते शनिवार अर्थात डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनःसुरुवात हुने भएको हो । विश्वशान्ति कामनाको अभियानमा निरन्तर सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछेले धाम निर्माण अघि बढाएका थिए । कोरोना लगायतका केही कारणले निर्माण कार्य रोकिएको थियो ।

शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन उपस्थितीमा धाम निर्माण कार्यको पुन सुरुवात हुने भएको गुरु रिन्पोछेले बताए । समारोहमा ५ सय बढिले सहभागीले धाम निर्माणको लागि ढुंगा विच्छाउने कार्यमा श्रमदान गर्ने उनले बताए ।
पुन निर्माणको सुरुवातसँगै विश्वशान्ति धाम सदस्यहरु र शान्तिका कार्यकर्ताहरुसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सव समेत हुने छ । बेलुका मायादेवीको जादुई नाटकीय प्रस्तुति पनि रहने छ । विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्ने र शान्तिको विगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने युनिभर्सल पिस सान्चुरीले जनाएको छ ।

धाम निर्माणको पुन सुरुवात सँगै लुम्बिनीबाट विश्व शान्तिको सन्देश प्रवाह गर्ने गुरु रिन्पोछेले बताए ।

प्रतिक्रिया