सोमबार, वैशाख १५, २०८२

एनएसएलमा आज वीरगंज र पोखरा तथा चितवन र इलाम भिड्दै

नेपालखोज २०८० मंसिर ३० गते ९:१४

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज डबल हेडर हुँदैछ । सुपर स्याटर्डेमा आज दुई खेल हुनेछ । पहिलो खेल वीरगंज युनाटेड र पोखरा थण्डर्सबीच हुनेछ । यो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे हुनेछ ।

अब लिग चरणको अन्त्यतिर आइपुगेकोले आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ ।

पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

उता अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगंका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ ।  पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

प्रतिक्रिया