बिहीबार, पुष ३, २०८२

इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै

नेपालखोज २०८० मंसिर ३० गते १८:४३

बग्दाद । इराकी सुरक्षाकर्मीहरूले १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि शनिबार देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा मतदान गरेका छन् ।

स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान शुरु भएको थियो । इराकको राजधानी बगदाद र नजिकका तीन प्रान्तबाहेक देशका अन्य १५ प्रान्तका विभिन्न शहरहरूका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गर्न लाइनमा बसेका देखिन्थे ।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ वटा प्रान्तका ५६५ मतदान केन्द्रमा १० लाखभन्दा बढी सुरक्षाकर्मी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ । इराकमा पछिल्लो प्रान्तीय निर्वाचन सन् २०१३ अप्रिलमा भएको थियो ।/rss

प्रतिक्रिया