आजकाे माैसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न आग्रह
नेपालखोज
२०८० पुष २ गते ६:२३
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ साथै तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया