नेपाल सुपर लिग : धनगढी र काठमाडौं भिड्दै
नेपालखोज
२०८० पुष २ गते ८:१२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरुहुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।
धनगढी ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको छ भने गत संस्करणको च्याम्पियन काठमाडौं ५ खेलबाट ८ अंकका साथ चौथो स्थानमा छ ।
आजको खेलमा जित निकाल्दै धनगढीले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुँदा काठमाडौं पनि जित निकाल्दै शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुने छ ।
सम्बन्धित
प्रतिक्रिया