‘देशमा सोचेअनुसार विकास गर्न सकिएन’
नेपालखोज
२०८० पुष २ गते १९:२६

सुरुङ्गा (झापा) । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् ।
हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए ।
संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर परेको उनले बताए ।
लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया