बिहीबार, जेठ २, २०८२

पश्चिमी वायुको आंशिक प्रभाव, मौसम आंशिक बदलीदेखि सफा रहने

नेपालखोज २०८० पुष ३ गते ६:३९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा माैसम पूर्वानुमन महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ भने बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखालेकाे छ ।

प्रतिक्रिया