एन्फामा सीईओ नियुक्तिको निर्णय खारेज गर्न माग
नेपालखोज
२०८० पुष ३ गते १४:२२

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो ।
सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा स्पष्ट व्यवस्था भए पनि महासचिवले किरण राईले आफूखुसी सीईओ नियुक्ती गरेको खड्काको आरोप छ ।
उनले नियुक्तिका बारेमा खेलकुद परिषद् र खेलकुद मन्त्रालय उजुरी दिने र त्यहाँबाट पनि सम्बोधन नभए अदालत जाने चेतावनी दिएका छन् ।
यस्तै असन्तुष्ट समूहले मध्यपुर युथ एसोसियसनमाथिको निलम्बन फुकुवा गर्नु पर्ने माग पनि गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया