मेरी छोरीमाथिको आक्रमण यो व्यवस्थामाथिको हमला हो : प्रधानमन्त्री

नेपालखोज २०८० पुष ३ गते १४:२९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

उनको भनाइ :

मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।

प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहा समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।

प्रतिक्रिया