नेपाल सुपर लिग : झापा र धनगढी भिड्दै
नेपालखोज
२०८० पुष ४ गते ७:५३

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
जारी लिगमा आज दुवै टोलीले सातौं खेल खेल्दै छन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ ।
धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ ।
सम्बन्धित
प्रतिक्रिया