आइतबार, वैशाख १६, २०८१

३२ अंकले घट्दा छ अर्ब छ अर्ब २७ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष ५ गते १५:२५

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ३५ दशमलव ३९ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ३२ दशमलव ७७ अंकले घटेर २१ सय नौं दशमलव १० अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ अंकले घटेर तीन सय ९६ दशमलव ६२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटकको कारोबारमा एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक एक सय ४२ अंकले बढेर छ हजार एक सय ३८ दशमलव ४३ अंकमा पुगेको छ भने ट्रेडिङ समुहको सुचक १७ दशमलव ३३ अंकले बढेर तीन हजार ८३ दशमलव शुन्य दुई अंकमा पुगेको छ ।

यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २३ दशमलव ४३ अंकले घटेर १२ सय २७ दशमलव ६६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ३५ दशमलव १६ अंकले घटेर चार हजार ४७ दशमलव ८२ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ५८ दशमलव ३६ अंकले घटेर १८ सय २१ दशमलव ९२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि सात दशमलव ९३ अंकले घटेर २३ सय ९२ दशमलव २९ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय २९ दशमलव शुन्य पाँच अंकले घटेर ११ हजार चार सय ७८ दशमलव ४० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २३ दशमलव १९ अंकले घटेर ११ हजार एक सय ९२ दशमलव ३६ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः एक सय ७८ दशमलव ६१, एक दशमलव ३५, ७८ दशमलव १३, शुन्य दशमलव २७, र २३ दशमलव १९ अंकले घटेका छन् ।

नेप्सेमा आज बोटर्लस नेपाल (बालाजु) लिमिटेडको प्रतिकित्ता सेयर मुुल्य १० प्रतिशतले बढेर पाँच हजार सात सय ८४ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ४४ प्रतिशतले घटेर पाँच सय ७९ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय ९० रुपैंयाँ अन्तिम मुल्यमा ३० करोड ३८ लाख ५३ हजार दुई सय ७७ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया