जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
नेपालखोज
२०८० पुष ८ गते २०:२७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पर्सि मंगलबारका लागि बोलाइएको हाे ।
पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।
बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ ।
सम्बन्धित

प्रतिक्रिया