पोखरामा मेयरको नयाँ कार्यकक्ष बनाउँदा प्राविधिकको बिचल्ली
नेपालखोज
२०८० पुष ११ गते १८:४८

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भदौ अन्तिम सातादेखि नयाँ कार्यकक्षमा बस्दै आएका छन् ।
अघिल्ला नगर प्रमुख बस्दै आएको कार्यकक्ष साँघुरो र अँध्यारो भएको भन्दै उक्त भवनको माथिल्लो तलामा उनले सुविधासम्पन्न कार्यकक्ष बनाउन लगाएका थिए ।
मेयरको कार्यकक्ष बनाउन पोखरा महानगरपालिकाले ५५ लाख रुपैयाँ खर्च गरेको थियो । जबकि ४ वर्षअघि त्यही कोठामा ३२ लाख रुपैयाँ खर्च गरेर प्राविधिकहरुका लागि कार्यकक्ष बनाइएको थियो ।
पहिले प्राविधिकहरु बस्दै आएको ठाउँ भत्काएर मेयरका लागि नयाँ कार्यकक्ष बनाएपछि त्यहाँ बसेर काम गर्दै आएका प्राविधिकले हालसम्म पनि व्यवस्थित कार्यकक्ष पाएका छैनन् ।
सम्बन्धित
प्रतिक्रिया