आइतबार, जेठ ६, २०८१

आजको मौसम : यी तीन प्रदेशका पहाडी भूभागमा बादल लाग्ने

नेपालखोज २०८० पुष १२ गते ७:०९

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उसले बताएको छ।

राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।

देशभरिको तापक्रम चिसो रहेकोले त्यसबाट बच्न आवश्यक उपायहरू अपनाउन र सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया