बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते
नेपालखोज
२०८० पुष १२ गते १५:१५

बेइजिङ । बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहिबार बिहान आगलागी हुँदा चार जनाको मृत्य हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।
उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।
बिद्युतीय साईकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया