मंगलबार, असार २४, २०८२

विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार

नेपालखोज २०८० पुष १२ गते १७:२५

काठमाडौं । सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा गृहसचिव दिनेश भट्टराईले स्थानीय समुदायको सहभागिता अभिवृद्धिसँगै स्वयंसेवकको पहिचान र परिचालन गर्न ‘स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली’को विकाससमेत गरिएको जानकारी दिए ।

सचिव भट्टराईले विपद् उद्धार तथा व्यवस्थापनका लागि सबै प्रदेशमा ‘मल्टिपर्पोज रोवोटिक फायर फाइटिङ’ एवं बारुणयन्त्र खरिदको प्रक्रिया तयार भएको बताए । त्यस्तै उनले प्रत्येक प्रदेशमा एउटा मल्टिसिटर एम्बुलेन्स र एक सयवटा फायर पम्प विपद् न्यूनीकरणका लागि निर्माण गरेको बताए ।

प्रतिक्रिया