शुक्रबार, जेठ ३, २०८२

नेपाली कार्यरत लेबनानमा शान्ति सैनिकमाथि हमला, संयुक्त राष्ट्रसङ्घद्वारा छानबिनको माग

नेपालखोज २०८० पुष १३ गते १४:४१

काठमाडाैं । करिब नौ सय नेपाली शान्ति सैनिक कार्यरत रहेको लेबनानमा एक जना युवाले गरेको आक्रमण गरेपछि खैलाबैला मच्चिएको छ। उक्त आक्रमण दक्षिणी लेबनानतिर गस्तीमा गएको शान्ति सैनिकहरूको गाडीमा गरिएको हो। परिचय खुल्न नसकेका युवाले शान्ति सैनिकहरूको गाडीमा ढुङ्गा हानेका थिए । गाडीको सिसा फुटेर आएको त्यो ढुङ्गा लागेर एक इन्डोनेसिया शान्ति सैनिक घाइते भएका छन्।

दक्षिणी लेबनान इरानले सहयोग गरेका सिया समूहहरू बाहुल्यता भएको क्षेत्र हो। यही क्षेत्रमा सन् २०२२ मा भएको एक आक्रमणमा एक जना आइरिस शान्ति सैनिक मारिएका थिए।

यसबिच संयुक्त राष्ट्रसङ्घ अन्तरिम बलले बिहीबार लेबनानी अधिकारीहरूलाई लेबनानको दक्षिणी गाउँ तेबेहमा आफ्ना एक जना शान्ति सैनिकमाथि भएको आक्रमणको अनुसन्धान गर्न आह्वान गरेको छ। युनिफिलले सोसल मिडिया प्लेटफर्म X मा पोस्ट गर्दै लेखेको छ – “दक्षिण लेबनानको तायबेहमा युवाहरूको समूहले गस्तीमा आक्रमण गरेपछि एक जना शान्ति सेना घाइते भएका थिए।”  लेबनानी अधिकारीहरूलाई “पूर्ण र द्रुत अनुसन्धान” गर्न र “सबै अपराधीहरूलाई” न्यायको दायरामा ल्याउन आग्रह गरिएको पोस्टमा उल्लेख छ । “शान्तिका लागि स्थापनार्थ काम गर्ने शान्ति सैनिकहरूमाथि गरिने आक्रमण निन्दनीय मात्र नभएर संयुक्त राष्ट्र सङ्घको प्रस्ताव १७०१ र लेबनानी कानुनको समेत उल्लङ्घन हो”, पोस्टमा लेखिएको छ ।

युनिफिलले आक्रमणको भए पनि शान्ति सैनिकहरू काममा रहेको बताउँदै शान्ति सैनिकहरूको “आवागमनको स्वतन्त्रता” लाई जोड दिँदै “ब्लु लाइनमा सुरक्षा र स्थिरता पुनर्स्थापना गर्न” महत्त्वपूर्ण रहेको बताइएको छ। – INS

प्रतिक्रिया