नेपाल सुपर लिग : धनगढी र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधीका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । खेल साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने छ ।
लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रने छ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो ।
उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ । एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया