आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० पुष १७ गते १५:२१

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ लामिछाने टोल बस्ने अमर बुढाथोकीको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर, गोठ, नगद १ लाख ४० हजार रूपैयाँ, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१२ सहयोगी टोल बस्ने प्रेम बहादुर गुरूङको भान्छा कोठामा सोमबार राति आगलागी हुँदा करिब ४ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिरहाको नरहा गाउँपालिका–४ ललभितिया बस्ने राकेश कुमार यादवको कुखुरा र बाख्रा फर्ममा गएराति आगलागी हुँदा करिब ९ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया