शनिबार, जेठ ४, २०८२

‘आत्मदाह’ देखाउन आफैंलाई आगो लगाउने व्यक्ति ४ महिनापछि पक्राउ

नेपालखोज २०८० पुष १९ गते २०:२५

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री छन् ।

०७९ माघ १५ गते काहुँखोलामा ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते उनलाई दोषी ठहर गरेको थियो ।

उनलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको छ । धरौटीमा रिहा भएका उनी अदालतबाट दोषि ठहर भएपछि फरार थिए ।

क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको हो । ‘फरार निजलाई पक्राउ गरी अदालतमा बुझाइसक्यौं । कारागार चलान भइसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।

प्रतिक्रिया