राष्ट्रियसभा चुनावमा २०४७ मतदाता, मधेशमा सबैभन्दा धेरै

नेपालखोज २०८० पुष २२ गते १७:३४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्ने भएका हुन् ।

सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।

त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् ।बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।

त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् । १९ सदस्य चयनका लागि ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

हेर्नुहोस् कुन प्रदेशमा कति मतदाता र मतभार ? 

क्र.सं.प्रदेश सभास्थानीय तहकूल मतदाता सङ्ख्याकूल मतभार
प्रदेशमतदाता संख्यामतभारजम्मा मतभारमतदाता संख्यामतभारजम्मा मतभार
कोशी९३५३४९२९२७४१९५२०६३६७१०१३५
मधेश१०७५६७१२६७५०७३३७४१०७४४
बागमती११०५८३०२३७४५०३३४७१०३३३
गण्डकी६०३२८०१७०३२३०२३०६४१०
लुम्बिनी८७४६११२१८४१४२३०५८७५३
कर्णाली४०२१२०१५६२९६४१९६५०८४
सुदूरपश्‍चिम५२२७५६१७६३३४४२२८६१००
जम्मा५४९२९०९७१४९८२८४६२२०४७५७५५९

प्रतिक्रिया