सोमबार, वैशाख १५, २०८२

एक वर्षदेखि केकमा गाँजा मिसाएर बिक्री गर्ने ब्यक्ति पक्राउ

नेपालखोज २०८० पुष २२ गते १८:०६

काठमाडौं । काठमाडौंका एक युवकले केकमा गाँजा मिसाएर बिक्री गर्ने गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले केकमा गाँजा मिसाएर बिक्री गरेको अभियोगमा काठमाडौंको घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले सूचनाको आधारमा उनको घरको कोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, गाँजा ३ केजी ७५४ ग्राम लगायतको सामाग्रीहरू फेला पारेको छ। विशनले आफ्नै घरमा एक वर्षदेखि गाँजा मिसाएको केक बनाएर बिक्री गर्ने गरेको खुलेको छ।

यसरी बनाएको केक अनलाइनमार्फत डेलिभरी गर्ने गरेको प्रहरीको दाबी छ। उनको घरबाट गाँजा मिसाएर तयार गरेको केकहरूको मेनु समेत भेटिएको छ।

उनले इन्स्टाग्राममा पेज बनाएर कारोबार गर्ने गरेका थिए। पेजमा ६ सय १४ जना फलोअर रहेका छन्।

प्रतिक्रिया