हुम्लाका माओवादी जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

नेपालखोज २०८० पुष २२ गते १८:४६

सुर्खेत । टिकट वितरणमा नेताहरु हावी भएको भन्दै हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले मतदान नगर्ने निर्णय गरेको हो ।

हुम्लामा राष्ट्रियसभा सदस्य चुनावका लागि माओवादीबाट कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह मतदाता छन् ।

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन् ।

प्रतिक्रिया