शनिबार, वैशाख १५, २०८१

३६ अंकले बढ्दा चार अर्ब ६७ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष २३ गते १५:२७

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २६ दशमलव ३६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २७ अंकले बढेर तीन सय ७७ दशमलव २८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९९ हजार पाँच सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख नौं हजार दुई सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौं सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ८९ अंकले बढेर ११ सय ६१ दशमलव ६४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ८८ दशमलव १३ अंकले बढेर तीन हजार नौं सय ५३ दशमलव ३० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुुचक पनि ४४ दशमलव ३२ अंकले बढेर १७ सय ७० दशमलव १६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव १७ अंकले बढेर २५ सय २५ दशमलव २० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ९२ दशमलव शुन्य नौं अंकले बढेर १० हजार नौं सय २७ दशमलव ३५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ९३ अंकले बढेर ११ हजार ९८ दशमलव ८६ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक पनि क्रमशः ८८ दशमलव ४५, दुई दशमलव शुन्य सात, ३३ दशमलव ५५, ४२ दशमलव ५९, ३८ दशमलव २२ र २८ दशमलव ९३ अंकले बढेका छन् ।

नेप्सेमा आज सिंगटी हाईड्रो इर्नर्जी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ४५ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ४६ प्रतिशतले घटेर तीन सय ९३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता पाँच सय छ रुपैंयाँ अन्तिम मुल्यमा २१ करोड ८४ लाख ८२ हजार आठ सय ८० रुपैंयाँ पुगेको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया