पाँच थान नक्कली नोटसहित पक्राउ
नेपालखोज
२०८० पुष २६ गते १३:२५

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया