जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८० पुष २६ गते १४:४९

उदयपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया