करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८० पुष २६ गते १५:४५

रूकुम पश्चिम । मुसिकोट नगरपालिका–१ बस्ने २४ वर्षीय सुमन थापाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–२ सिम्रुत बजारमा विद्युतको पोलमा वाइ–फाइको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया