बम्जनलाई सर्लाही जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालखोज
२०८० पुष २६ गते १९:०७
काठमाडौं । तपस्वी भनिएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हाे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया