आइतबार, जेठ ५, २०८२

तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिराे

नेपालखोज २०८० पुष २७ गते ६:३६

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेकोछ भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया