आइतबार, वैशाख १६, २०८१

सातामा २५ अर्ब ४७ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष २७ गते १२:२०

काठमाडौं । यो साता नेप्से दुई हजार ८८ दशमलव ९९ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८४ दशमलव १४ अंकमा सिमित भएको छ ।

नेप्सेमा यो साता तीन सय नौं वटा कम्पनीहरुको चार लाख ७४ हजार सात सय ६६ पटकको कारोबारमा आठ करोड २५ लाख ३७ हजार नौं सय ५१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४७ करोड ७५ लाख ६३ हजार दुई सय १९ रुपैंयाँ ४५ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा १० अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा तीन सय छ वटा कम्पनीहरुको तीन लाख ९२ हजार नौं सय ९५ पटकको कारोबारमा चार करोड ९६ लाख ३० हजार आठ सय ७० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १८ अर्ब १५ करोड ८६ लाख सात हजार छ सय ४४ रुपैंयाँ २६ पैसा पुगेको थियो । यो साता नेप्से नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचौं दिन घटेको नेप्से बाँकी दिनहरुमा भने लगातार बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन २६ दशमलव ३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन शुन्य दशमलव ६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से लगातार बढेको थियो ।

यसैगरी पहिलो दिन छ दशमलव १६ अंकले घटेर तीन सय ७३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ८४ दशमलव १४ अंकमा खुम्चिएको थियो । यि बाहेकका बाँकी दिनहरुमा सेन्सिटिभ इन्डेक्स बढेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन बैंकको संस्थापक सेयर, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया