६ महिनामा सवा २२ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता
नेपालखोज
२०८० माघ २ गते १८:४१

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाको प्रतिबद्धता प्राप्त भएको छ । जसमा कुल २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
पुसमा मात्र २७ प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ । यस अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा २८ प्रस्ताव आएका छन् । जसमा ४ अर्ब १ कराड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागको भनाइ छ । यस अवधिमा प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया