कांग्रेसको कर्णाली र सुदूरपश्चिमको सम्मेलन अनिश्चित

काठमाडौं । पाँच प्रदेशको सम्मेलन सकेको नेपाली कांग्रेसको कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने अनिश्चित छ ।
सुदूरपश्चिममा कञ्चनपुर र बझाङले जिल्ला सम्मेलन गर्न सकेका छैनन् । सुदूरपश्चिमका कांग्रेस महामन्त्री मेघराज खड्काले प्रदेश सम्मेलनको मिति तय नभएको बताए । ‘जिल्ला सम्मेलन सकेर प्रदेश सम्मेलन गर्न खोजेका हौं । दुई जिल्लाको हुन सकेको छैन’, खड्काले भने, ‘प्रदेश सम्मेलन गर्ने बारेमा धेरै छलफल हुन सकेको छैन ।’
खड्काले फागुनअघि सम्मेलन गर्ने अवस्था नरहेको बताए । कांग्रेसले फागनुमा महासमिति बैठक डाकेको छ ।
कर्णाली प्रदेश सम्मेलन पनि फागुनअघि हुने सम्भावना नरहेको प्रदेश सभापति ललितजंग शाहीले बताए । जाडो महिनामा जिल्ला सम्मेलनहरु समेत हुन नसकेको जनाउँदै शाहीले भने, ‘यो समयमा हिमाली जिल्लाको सम्मेलन हुन सक्दैन । महासमिति पछि प्रदेशको सम्मेलन गर्ने सोंचमा छौं ।’
प्रतिक्रिया