जसपालाई भाग पुर्याउन योजना आयोगमा सदस्य थप्ने निर्णय

काठमाडौं । राष्ट्रिय योजना आयोगलाई थप बलियो बनाउने गरी गठन आदेश संशोधन प्रस्ताव पठाइए पनि मन्त्रिपरिषद्ले सदस्य थप गर्ने निर्णय गरेको छ ।
हाल योजना आयोगमा ६ सदस्य रहने व्यवस्था गठन आदेशमा रहेकोमा एक पद थप गरी सात पुर्याउने गरी संशोधन गरिएको हो । बिहीबार नेपाल राजपत्रमा प्रकाशित राष्ट्रिय योजना आयोग गठन आदेश संशोधनअनुसार अब योजना आयोगमा उपाध्यक्ष र एक महिलासहित सात सदस्य रहनेछन् ।
आयोगलाई भारतको नीति आयोग तथा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) को संरचनामा लगेर सुदृढ बनाउने गरी योजना आयोगले प्रस्ताव पेस गरेको थियो । तर, मन्त्रिपरिषद्ले पारित गरेर राजपत्रमा प्रकाशित संशोधनमा त्यस्तो कुनै पनि विषय उल्लेख छैन ।
बरु सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) लाई एकजना सदस्य दिनुपर्ने भएपछि गठन आदेश नै परिमार्जन गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।

प्रतिक्रिया