राष्ट्रियसभा सदस्य निर्वाचन : स्थिर समय सुरु, यस्ताे गर्न पाइँदैन
नेपालखोज
२०८० माघ ९ गते ६:४४

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय सुरु भएको भएको छ । गएराति १२ बजेदेखि स्थिर समय सुरु भएको निर्वाचन आयोगले जनाएकाे छ ।
यो अवधिमा उम्मेदवारका पक्षरविपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया